प्रधानमन्त्रीलाई सांसद रंगमतीको आग्रह : मेरो स्कुटीको पछाडि बसेर बनस्थली जाऔं

भक्तपुर न्यूज

१९ असार २०७६ ८:४६

प्रधानमन्त्रीलाई सांसद रंगमतीको आग्रह : मेरो स्कुटीको पछाडि बसेर बनस्थली जाऔं

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरमा बसेर यात्रा गर्न आह्वान गरेकी छन् ।

प्रधानमन्त्री ओलीले काठमाडौंमा अब मास्क लगाएर हिँड्न नपर्ने अभिव्यक्ति दिएकाले कांग्रेस सांसद शाहीले यस्तो आग्रह गरेकी हुन् ।

बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले भनिन्, ‘आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म जाऊँ । मास्क लगाउन पर्छ कि पर्दैन हेरौं ।’

प्रधानमन्त्रीले मास्क लगाउन पर्दैन भनेर सार्वजनिक रुपमा दिएको अभिव्यक्तिको विरोधमा उनले यस्तो आग्रह गरेकी हुन् । मास्क लगाउनु नपर्ने प्रधानमन्त्रीको अभिव्यक्तिको सामाजिक सन्जालहरुमा पनि तीव्र विरोध भइरहेको छ ।

प्रकाशित मितिः २०७६ असार १९ बिहिवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *