२२ बर्षीय एक युवकले आफ्नै लिङ्ग काटेर दुई टुक्रा पारे

भक्तपुर न्यूज

१९ असार २०७६ ६:५८

२२ बर्षीय एक युवकले आफ्नै लिङ्ग काटेर दुई टुक्रा पारे

काठमाडौँ । वेला-वेलामा असामान्य व्यावहार देखाउँदै आएका मोरङका एक युवकले आफ्नै लिङ्ग काटेर दुई टुक्रा पारेका छन् ।

मोरङको लेटाङ नगरपालिका ३ मिलन चोक स्थायी घर भएकका सुनिल राईले बिहीबार साँझ आफ्नै लिङ्ग काटेर दुई टुक्रा पारेका हुन् । २२ बर्ष पुगेका राईले कहीले-कहीले घरमा असामान्य व्यवाहार देखाउने गरेको उनका बुवा बुमा राईले बताएका छन् । उनले लिङ्ग काट्नलाई तरकारी काट्ने चक्कु प्रयोग गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । राईको केही बर्ष अघि नै विवाह भएको थियो ।

उनको ३ बर्षको छोरासमेत रहेको प्रहरीले जनाएको छ । लिङ्ग काटेको थाहा पाएपछि स्थानीयले उनलाई उपचारका लागि विराटनगर स्थित नोबेल शिक्षण अस्पताल पुर्याएका थिए । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धरानस्थित विपी कोइराला बिज्ञान प्रतिष्ठान घोपा लगिएको मोरङका एसपि विश्व अधिकारीले बताएका छन् ।

उनको नर्मल वार्डमा राखेर उपचार भईरहेको पनि एसपि अधिकारीले बताएका छन् । पारिवारिक स्रोतका अनुसार पछिल्लो समय उनमा टोलाउने, झोक्राउने जस्तो लक्षण थियो । साथै पारिवारिक सम्बन्ध पनि राम्रै रहेको स्थानीयले बताएका छन् । तरपनि उनले नियामित जसो मदिरा सेवन गर्ने गरेका खुल्न आएको छ । के कारणले यस्तो घटना भयो भन्नेबारे अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७६ असार १९ बिहिवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *