बिहीबार मौसम सामान्य बदली

भक्तपुर न्यूज

१९ असार २०७६ २:४८

बिहीबार  मौसम सामान्य बदली

काठमाडौँ । देशभरको मौसम बिहीबार सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

न्यून चापीय रेखा नेपाल नजिक अझै नआएकाले मनसुन सक्रिय हुन सकेको छैन । यो वर्षको मनसुन अघिल्ला वर्षको तुलनामा फरक देखिएको मौसमविदको भनाइ छ ।

पानी पार्ने वायु सामान्यतया पूर्वबाट उत्तर पश्चिमतिर बहनु पर्नेमा अहिले पूर्वबाट पश्चिमतिर लागेको जनाइएको छ । बिहीबार दिनभरजासो देशभरको मौसम घरी घाम लाग्ने र घरी बलदीको अवस्थामा रहने छ ।

प्रकाशित मितिः २०७६ असार १९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *