जापानमा भारी वर्षाः एकको मृत्यु, ८ लाख व्यक्तिलाई अन्यत्र सारिँदै

भक्तपुर न्यूज

१८ असार २०७६ १०:२७

जापानमा भारी वर्षाः एकको मृत्यु, ८ लाख व्यक्तिलाई अन्यत्र सारिँदै

काठमाडौं । जापानमा भारी वर्षाका कारण एक जनाको मृत्यु भएको छ । भारी वर्षा भएपछि अन्य ८ लाख व्यक्तिलाई अन्यत्र सारिँदै छ । कागोशिमाकी एक वृद्ध महिलाको हिलो घरमा पस्दा मृत्यु भएको हो ।

करिव तीन वटा सहरका ८ लाख मानिसलाई बाढी र पहिरो आउन सक्ने भन्दै अन्यत्र सर्न निर्देशन दिइएको छ । कागोशिमा, किरिसिमा एण्ड अइरा तथा क्युशु दीपका मानिसलाई त्यहाँबाट तत्काल सर्न आग्रह गरिएको हो ।

प्रधानमन्त्री शिन्जो आवेले वर्षा प्रभावितको ज्यान बचाउनका लागि सुरक्षित ठाउँमा जान आग्रह गरेका छन् ।

प्रकाशित मितिः २०७६ असार १८ बुधवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *