सर्पले डसेर महिलाको मृत्यु
काठमाडौं । डोटीमा सर्पको डसेर आज एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिखर नगरपालिका–२ कालागाडकी ४२ वर्षीया जमुनादेवी कार्की रहेकी छन्।
खेतमा काम गर्न जाने क्रममा सर्पले टोक्दा उनको उपचारका लागि बिहान सुजङ अस्पताल राजपुरमा पुर्याइएको थियो।
राजपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वाटरमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचार गराउने क्रममा दिउसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मितिः २०७६ असार १८ बुधवार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
