भक्तपुरको कौशलटारमा स्कुटर दुर्घटनाः चालक नै लागुऔषध कारोबारी
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार चोकमा स्कुटर दुर्घटना भएको छ ।
काठमाडौंतर्फ जाँदै गरेको बा६६प२०५७ नम्बरको स्कुटी अनियन्त्रित भई सडकको रेलिङमा ठक्कर खाएर दुर्घटना हुन पुगेको हो ।
दुर्घटना पश्चात भाग्दै गरेका चालक ललितपुर बाडेगाउँ बस्ने २९ वर्षीय रोशन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका उनको साथबाट नियन्त्रित लागूऔषध मोराफिन ५१ पिस, फेनारगन ५१ एम्पुल र डाईजोपाम ५१ एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी लागूओषध कारोबारी रहेको स्कुटर दुर्घटना गराएपश्चात पक्राउ पर्ने डरले भागेको बताएको छ ।
प्रकाशित मितिः २०७६ असार १८ बुधवार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
