म्याग्दीमा पौडी खेल्दा बेपत्ता
म्याग्दी । म्याग्दी नदीमा पोडी खेल्न गएका दुईबालक बेपत्ता भएका छन् ।
मङ्गलबार बेलुका करिब ४ बजेर ३० मिनेटमा म्याग्दी नदीमा पौडी खेल्दा बेनी नगरपालिका–३ भकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनीनगरपालिका–३ दुधेखोलामा मामाको घरमा बस्दै आएका अर्का डेविड काउचा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरीका अनुसार बेपत्ता बालकको खोजीकार्य भइरहेको र अहिलेसम्म उनीहरुको अवस्था पत्ता लाग्न नसकेको जनाइएको छ । विद्यालयबाट फर्केर पौडी खेल्ने क्रममा नदीले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असार १८ बुधवार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
