बझाङमा सर्पले डसेर एक युवकको मृत्यु
काठमाडौँ । बझाङमा सुतिरहेका एक युवकको सर्पले डसेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा मष्टा गाउँपालिका—१ डुग्री घर भएका १९ वर्षिय पवन रोकाया रहेका छन् ।
बझाङकै केदार स्यू गाउँपालिकाको देउरास्थित अरुण होटलमा मंगलबार सर्पले डसेर उनको मृत्यु भएको हो ।
सोमबार राती होटलमा सुतिरहेको अवस्थामा सर्पले रोकायाको कानमा टोक्दा राती नै उनलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको थियो । मंगलबार बिहानै उपचारका क्रममा अस्पतालमा नै रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असार १७ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
