बझाङमा सर्पले डसेर एक युवकको मृत्यु

भक्तपुर न्यूज

१७ असार २०७६ ८:५७

बझाङमा सर्पले डसेर एक युवकको मृत्यु

काठमाडौँ । बझाङमा सुतिरहेका एक युवकको सर्पले डसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा मष्टा गाउँपालिका—१ डुग्री घर भएका १९ वर्षिय पवन रोकाया रहेका छन् ।

बझाङकै केदार स्यू गाउँपालिकाको देउरास्थित अरुण होटलमा मंगलबार सर्पले डसेर उनको मृत्यु भएको हो ।

सोमबार राती होटलमा सुतिरहेको अवस्थामा सर्पले रोकायाको कानमा टोक्दा राती नै उनलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको थियो । मंगलबार बिहानै उपचारका क्रममा अस्पतालमा नै रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७६ असार १७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *