भक्तपुर राधेराधेस्थित होटलबाट २५ वर्षीय दिपेशसहित ३ जना पक्राउ
काठमाडौं । भक्तपुर मध्यपुरठिमी नगरपालिका—९ राधेराधेस्थित थकाली भान्साघरबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे घर भइ सोही ठाउँ बस्ने २५ वर्षीय दिपेश थापासमेत ३ जना रहेका छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीले डाईजेल्याप १ सय ४० एम्पुल, फेनारगन १ सय ४० एम्पुल र नुर्फिन १ सय ४० एम्पुलसहित उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
प्रकाशित मितिः २०७६ असार १७ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३