६० किलो अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ

भक्तपुर न्यूज

१७ असार २०७६ ६:४०

६० किलो अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका ९ रोडषेश चौकबाट ५९ किलो ९ सयग्राम अवैध चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार सोमबार साँझ भारतीय मुलका २३ वर्षीय गौरव साहलाई चाँदीसहित पक्राउ गरिएको हो।

मोरंग जिल्लाका प्रहरी प्रवक्ता एवं डिएसपी घनश्याम श्रेष्ठले गोप्य सूचनाका आधारमा कारमा चाँदी रहेको जानकारीसहित एकजनालाई पक्राउ गरिएको बताए ।

डिएसपी श्रेष्ठका अनुसार, पक्राउ परेका व्यक्ति र चाँदीको विषयमा अनुसन्धान जारी रहेको छ । अहिले नै उक्त चाँदी कस्को भन्ने खुलेको छैन।
साहलाई भारतीय नम्बर प्लेट बी।आर।११।एके।१७९१ नम्बरको कारबाट चाँदीसहित पक्राउ गरिएको बताइएको छ।

डिएसपी श्रेष्ठका अनुसार बरामद गरिएको चाँदी नेपालतर्फ आएको वा भारततर्फ गएको भन्ने विषयमा समेत बुझ्ने काम भइरहेको छ।

प्रकाशित मितिः २०७६ असार १७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *