मोटरसाइकल अनियन्त्रित भई खाल्डोमा खस्दा मोटरसाइकल चालकको मृत्यु
धनुषा । धनुषाको हंसपुर नगरपालिका–३ मा सोमबार राति मोटरसाइकल अनियन्त्रित भई खाल्डोमा खस्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५१ वर्षीय सरजुक दास रहेको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट बेलहीका अनुसार धनुषाको पौडेश्वरबाट बेलहीतर्फ आउँदै गरेको ज ८ प ४५८१ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई अन्दाजी ७ फिटको खाल्डोमा खस्दा दासको घटनास्थलमै मृत्यु भएको हो ।
प्रकाशित मितिः २०७६ असार १७ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
