राधेराधेमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
भक्तपुर । भक्तपुर राधेराधे चोकमा आइतबार राति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोलुखुम्बुका २८ वर्षीय प्रेमकुमार राई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
आइतबार राति पौने ११ वजे बा ५ ख ५३४३ नम्बरको टिपरले प्रदेश ३–०२–००६ प ४९९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका राईको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिसरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिएका छन् ।
दुर्घटनापछि टिपर चालक फरार रहेको र उनको खोजी भैरहेको पोखरेलले बताए ।
प्रकाशित मितिः २०७६ असार १६ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
