बस र २ माइक्रो ठोक्किँदा २ यात्रुको मृत्यु, ३२ घाइते
काठमाडौँ । पृथ्वी राजमार्गमा काठमाडौंबाट चितवन जाँदै गरेको लु.१ख ९०७९ नमुबरको बस र चितवनबाट काठमाडौं जाँदै गरेको बा.३ख १००४ नम्बर र बा.२ख ४५६७ नम्बरको माइक्रो आपसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ महादेवस्थान ८ का २७ वर्षीय श्यामकुमार श्रेष्ठ र ठेगाना नखुलेकी अन्दाजी २० वर्षीया एक युवती छन् ।
प्रहरीका अनुसार दुर्घटना धादिङको बेनिघाट रोराङ गाउँपालिका ७, कृष्णभीरनजिकै भएको हो । ३ वटै गाडीमा यात्रारत ३२ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको हो ।
प्रकाशित मितिः २०७६ असार १५ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
