झापामा मृत अवस्थामा हात्ती भेटियो

भक्तपुर न्यूज

१४ असार २०७६ ७:५७

झापामा मृत अवस्थामा हात्ती भेटियो

झापा । झापाको हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा एक हात्ती मृत अवस्थामा भेटिएको छ । अढाई वर्षको हात्ती आज बिहान सो ठाउँमा मृत अवस्थामा भेटिएको हो ।

सो हात्ती करेन्ट लागेर मरेको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । सामुदायिक वनको उत्तरी क्षेत्रको बस्तीलाई हात्तीबाट जोगाउने उद्देश्यले स्थानीयवासीले लगाएको विद्युतीय बारमा हात्तीलाई करेन्ट लागेको हो । जिल्ला वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

प्रकाशित मितिः २०७६ असार १४ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *