सिरिन्ज आक्रमण आरोपमा एक पक्राउ
काठमाडौं । काठमाडौंमा सिरिन्ज आक्रमण गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले गएराति १२ बजे महाराजगंजबाट रामेछाप स्थायी घर भएका सन्तोष कार्कीलाई सिरिन्ज आक्रमणको आरोपमा पक्राउ गरेको हो । कार्कीले भने आफूले सिरिन्जले नभइ काँटीले घोचेको बताएका छन् ।
काठमाडौंमा अहिलेसम्म ६ जना सिरिन्ज आक्रमणमा परेको महानगरीय प्रहरी परिषद् टेकुका प्रवक्ता डी।एस्।पी। होविन्द्र बोगटीले बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको बताएका छन् ।
प्रकाशित मितिः २०७६ असार १३ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
