टेलिकमले शुभरात्रि प्याकेज ल्याउने
१७ भदौ, काठमाडौं । नेपाल टेलिकमले ‘फेस्टिवल अफर’का रुपमा जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि शुभरात्रि प्याकेज ल्याउने भएको छ ।
यही भदौ १८ गतेदेखि आगामी असोज १ गतेसम्म लागू हुने अफर राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रयोग गर्न सकिने छ ।
उपभोक्ताले ४० रुपैयाँ मा पाँच सय एमबी सात दिनका लागि र ८५ रुपैयाँमा एक हजार दुई सय एमबी १५ दिनका लागि प्रयोग गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
पाँच एमबी डाटा लिन स्पेसियल ५०० एमबी र एक हजार दुई सय एमबी डाटा लिन स्पेसियल १२०० एमबी लेखेर १४१५ मा एसएमएस पठाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०