पाँचथरको एक पसलमा आगलागी

भक्तपुर न्यूज

१२ असार २०७६ ८:०६

पाँचथरको  एक पसलमा आगलागी

काठमाडौँ । पाँचथरको कुम्मायक गाउँपालिका ४ तिङदेन बजारको एक पसलमा बिहीबार बिहान आगलागी हुँदा सामानसहित पूरै घर जलेको छ ।

व्यवसायी तिलबिक्रम सम्बाहाम्फेको किराना पसलमा आगलागी हुँदा सुन, नगद, खाद्यान्न, लत्ता कपडा, भाँडाबर्तन लगायत अन्य दैनिक उपभोग्य वस्तु जलेकोहो ।

आगलागीमा घर पूर्णरुपमा जलेको छ । विद्युत सर्ट भएर आगो लागेको पीडित सम्बाफाम्फेले बताए । इलाका प्र्रहरी कार्यार्लय यासोक, जनप्रतिनिधि, स्थानीयवासी समेतले २ घण्टा पछि आगो नियन्त्रणमा लिएका थिए ।

आगो नियन्त्रणका लागि पानी बोक्न गाउँपालिकाको ट्याक्टर प्रयोग गरिएको थियो । आगलागी पछि सम्बाहाम्फे छिमेकीको आश्रयमा पुगेका छन् ।
प्रकाशित मितिः २०७६ असार १२ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *