मोटरसाइकल एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु

भक्तपुर न्यूज

१२ असार २०७६ ५:४४

मोटरसाइकल एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा एक आपसमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ । साँझ ६ बजे ना५३प ५२४७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग९प ११८५ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएको हो ।

दुर्घनामा गम्भीर घाइते भएका ना५३प ५२४७ नंको मोटरसाइकल चालक भरतपुर–१८ का १७ वर्षीय राजन भट्ट र ग९प ११८५ नंको मोटरसाइकल चालक भरतपुर–१८ कै २८ वर्षीय रामचन्द्र गौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरीले जानकारी दिएका छन् ।

प्रकाशित मितिः २०७६ असार १२ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *