सडकमा लेदो जमेपछि पृथ्वी राजमार्ग v
धादिङ । पृथ्वी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । राजमार्ग माथिबाट आएको लेदो सडकमा जमेपछि राजमार्ग बिहान ४ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो सडकमा जमेपछि राजमार्गमा यातायात साधन रोकिएका छन् ।
राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा सडक खन्दा निस्किएको लेदो राजमार्गमा जम्मा भएको हो । अहिलेपनि हल्का पानी परिरहेकाले अवरुद्ध सडक खुलाउन केही समय लाग्ने खड्काले बताए । रात्रिसेवाका गाडीहरु रोकिएकाले राजमार्गमा सवारी साधनको लाम देखिन्छ ।
प्रकाशित मितिः २०७६ असार १२ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
