फेसबुकमा परीचय गरी विवाह गर्ने बहानामा लाखौं ठगी गर्ने महिला भक्तपुरबाट पक्राउ

भक्तपुर न्यूज

११ असार २०७६ ४:१७

फेसबुकमा परीचय गरी विवाह गर्ने बहानामा लाखौं ठगी गर्ने महिला भक्तपुरबाट पक्राउ

भक्तपुर । फेसबुकमा नककली आईडी बनाएर परीचय गरी विवाह गर्ने बहानामा चार लाख ५५ हजार ठगी गर्ने एकजना महिला पक्राउ परेकी छन्।

फेक आईडी बनाएर दोलखा शैलुङ गाउँपालिका-८ बस्ने २४ वर्षीय हरी बहादुर कार्कीसँग साथी बनेर ठगी गर्ने दोलखा शैलुङ गाउँपालिका-५ घर भई भई हाल भक्तपुर बालकोट बस्‍ने २३ वर्षीय संगिता भन्ने कल्पना बस्नेत पक्राउ परेकी हुन् ।

काठमाडौंको टेकुबाट पक्राउ परेकी उनको साथबाट प्रहरीले उनले प्रयोग गर्ने सिमकार्डसहितको २ वटा मोवाइलसमेत वरामद गरेको छ ।

यस्तोछ घटना विवरण

संगीता भुजेलले प्रयोग गर्ने फेसबुक आईडीबाट फ्रेन्ड रिक्वेस्ट पठाई साथी बनी आफूले चिनेको सुन्दर केटीको फोटो राखी फेक आईडी बनाई सो फेसबुक आईडी र मोबाईल नम्बर समेत हरी बहादुर कार्कीलाई पठाई उक्त फेसबुकको केटीले तपाईंलाई धेरै माया गर्छिन भनी आफू नै सो फेसबुकबाट कुराकानी गरी संगिता भन्ने कल्पनाले हरी बहादुर कार्कीलाई विभिन्न नम्बरबाट फोन गरी तपाईंलाई माया गर्ने केटी दुर्घटनामा परी अस्पतालमा उपचार भइरहेको छ, उपचार गर्नको लागि रकम पठाई दिन आग्रह गरिन् ।

पटक पटक गरी जम्मा चार लाख ५५ हजार पठाउन लगाई लिएकोले फेसबुकमा कुरा गर्ने केटीसँग भेटेर कुरा गर्छु भन्दा निज कल्पना बस्नेत भुजेलले तपाईलाई माया गर्ने केटीको उपचारको क्रममा भारतमा मृत्यु भयो भनि झुटा व्यहोरा बताएर ठगी गरेको घटना सम्बन्धमा पीडित कार्कीले दिएको जाहेरीका आधारमा संगीतालाई पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७६ असार ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *