उर्लाबारीमा भेटिएको प्रेसर कुकर बम सेना टोलीद्वारा डिस्पोज

भक्तपुर न्यूज

१० असार २०७६ ६:०४

उर्लाबारीमा भेटिएको प्रेसर कुकर बम सेना टोलीद्वारा डिस्पोज

काठमाडौँ । मोरङको उर्लाबारीमा फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले सुरक्षित रुपमा डिस्पोज गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको क्रममा आज बिहान उर्लाबारीमा प्रेसर कुकर बम फेला परेको थियो । त्यसपछि पुगेको सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रुपमा बम डिस्पोज गरेको हो ।

जिल्लामा बन्दको प्रभाव परेको छ । निजी सवारी साधन चले पनि सार्वजनिक गाडी चलेका छैनन् । विद्यालय बन्द छन् । बजार भने आंशिक रुपमा खुलेको छ । जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ ।

प्रकाशित मितिः २०७६ असार १० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *