मध्यपुरमा डिस्पोजल टोलीले गर्यो बम डिस्पोज

भक्तपुर न्यूज

१० असार २०७६ ५:१५

मध्यपुरमा डिस्पोजल टोलीले गर्यो बम डिस्पोज

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं छ स्थित निकोशेरामा गए राती संकास्पदरुपमा राखिएको प्रेसर कुकर बम डिस्पोज गरिएको छ । उक्त स्थानमा बम राखिएको शंकापछि भक्तपुर स्थित् बिरदल गणबाट गएको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको हो ।

बोरा भित्र प्रेसरकुकर राखिएको र उक्त बोराको मुखमा तार सहित रहेको जानकारी पाए लगतै उक्त स्थानमा गए राती झन्डैं ११ बजे बम डिस्पाजल टोली पुगेर डिस्पोज गरेको हो ।

प्रतिबन्धित बिप्लब समुहले आज गरेको नेपाल बन्दको अघिल्लो रात मध्यपुर स्थित डा दुर्गा प्रसाँईको घरको मूल गेटसँगै बम फेला परेको हो ।

प्रकाशित मितिः २०७६ असार १० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *