सुनकोशी किनारमा कार खस्दा दुईजनाको मृत्यु

भक्तपुर न्यूज

१० असार २०७६ ३:२०

सुनकोशी किनारमा कार खस्दा दुईजनाको मृत्यु

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई घाइते भएका छन् ।

दुर्घटनामा कार चालककी श्रीमती काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र चालकका दाजु ६० वर्षीय अच्चुत लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यस्तै दुर्घटनामा कार चालक ५८ वर्षीय दीपक लामिछाने र मृतक अच्युतकी छोरी २६ वर्षीया आस्था लामिछाने घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

विपी राजमार्गअन्तर्गत खोटाङ हलेसीबाट काठमाडौँतर्फ जाँदै गरेको बा १३ च ३७९३ नम्बरको कार सोमबार राति अनियन्त्रित भई सडकबाट २०० मिटर तल सुनकोशी नदी किनार नजिक खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः २०७६ असार १० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *