खुल्यो रसुवाको स्याफ्रूबेशी–टिमुरे सडक
रसुवा । पहिरोका कारण बन्द भएको रसुवाको गोसाइकुण्ड गाँउपालिका–३ लिङलिङ स्थित स्याफ्रूबेशी–टिमुरे सडक खण्ड १२ घण्टापछि खुलेको छ ।
शनिबार बेलुकी ८ बजेतिर लिङलिङमा पहिरो खसेपछि अवरुद्ध भएको स्याफ्रुबेशी–टिमुरे सडक खण्डमा अहिले गाडी चल्न थालेका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार बिहान साढे ८ बजेतिर पहिरो हटाएपछि सडक खुलेको हो ।
प्रकाशित मितिः २०७६ असार ८ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
