भक्तपुर पत्रकारले बुझायो सिडियोमार्फत प्रधानमन्त्रीलाई प्रेस स्वतन्त्रताको पक्षमा संकलन गरिएको हस्ताक्षर

भक्तपुर न्यूज

६ असार २०७६ ७:५६

भक्तपुर पत्रकारले बुझायो सिडियोमार्फत प्रधानमन्त्रीलाई प्रेस स्वतन्त्रताको पक्षमा संकलन गरिएको हस्ताक्षर

भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले आज प्रेस स्वतन्त्रताको पक्षमा संकलन गरेको हस्ताक्षर जिल्ला प्रशासन कर्यालय भक्तपुर मार्फत प्रधानमन्त्रीलाई बुझाएको छ ।

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै नेपाल पत्रकार महासंघले घोषणा गरेको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत हस्ताक्षर बुझाएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीको नेतृत्वमा गएका जिल्लाका पत्रकारका टोलीले हस्ताक्षर भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने मार्फत प्रधानमन्त्रीलाई बुझाएको हो ।

महासंघले संकलन गरेको हस्ताक्षर बुझ्दै सहायक प्रजिअ लामिछानेले सम्बन्धित स्थानमा पुर्याउने प्रतिबद्धता ब्यक्त गरे ।

गत असार ३ गते दुधपाटीमा संचालन गरिएको हस्ताक्षर अभियान अन्तर्गत पत्रकार, नागरिक समाजका अगुवा, पेशाकर्मी लगायत दुई सय जनाले हस्ताक्षर गरेको पत्रकार महसंघका जिल्ला अध्यक्ष बुढाथोकीले बताए ।

प्रकाशित मितिः २०७६ असार ६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *