काठमाडौं । ब्राजिली स्टार फिलिप कौटिन्होले स्पेन बसाईलाई लिएर अनिश्चितता ब्यक्त गरेका छन् । कौटिन्हो पछिल्लो समय प्रियिमर लिग क्लब म्यानचेष्टर युनाईटेड र चेल्सीसंग जोडिएका छन् ।कौटिन्होले बार्सिलोना छोड्ने तयारी गरिरहदाँ दुई प्रिमियर लिग क्लबले ब्राजिली स्टारमाथि आखाँ लगाईरहेका छन् ।
ब्राजिली स्टार कौटिन्हो सन् २०१८ को जनवरीमा १ सय ४५ मिलियन पाउण्डमा लिभरपुलबाट बार्सा मैदान नाउ क्याप आएका थिए ।उनी पछिल्लो नयाँ सिजन क्लब छाड्ने तयारीमा छन् । उनी प्रिमियर लिग क्लबसंग सम्पर्कमा छन् ।
उनी अहिले अन्तराष्ट्रिय भुमिकामा कोपा अमेरिका खेलिरहेका छन् । सोही क्रममा पत्रकारसंग कुरा गर्दै उनले भविष्यलाई लिएर अनिश्चितता व्यक्त गरेका हुन् ।
‘मलाई थाहा छैन, म बार्सिलोनामा हुन्छु कि हुदैन ।’ उनले भनेका छन् ।’कसैलाई पनि भविष्यको बिषय थाहा हुदैन । तर म अहिले राष्ट्रिय टिममा केन्द्रित छु ।’ उनले थपेका छन् ।
२७ बर्षका कौटिन्होको दुई गोलको सहयोगमा ब्राजिलीले कोपा अमेरिकाको पहिलो खेलमा बोेलिभियालाई पराजित गरेको थियो । घरेलु टोली समेत रहेको ब्राजिलले समुह एको शीर्ष स्थानमा छ ।
कौटिन्होले बार्सामा ७५ खेलमा २१ गोल गरेका थिए । तर उनले १८ महिनाको दौरान क्लब समर्थकको साथ पाउन सकेका छैनन् ।एजेन्सी
प्रकाशित मितिः २०७६ असार ६ शुक्रबार
Comments