धारिलो हतियार प्रहार गरी आँगनमा सुतेका व्यक्तिको हत्या
काठमाडौँ। बर्दियाको राजापुर नगरपालिका–३ नङ्गापुरमा धारिलो हतियार प्रयोग गरी आँगनमा सुतेका व्यक्तिको हत्या भएको छ ।
५५ वर्षका जयराम थारूको बुधबार राति आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । उनको घरमा उनी र उनकी बुहारी मात्र घरमा रहेको खुलेको छ ।
बुहारी घरभित्र चुकुल लगाएर सुतेको र मृतक ससुरा बाहिर आँगनमा सुतेका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजीत महराले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
प्रकाशित मितिः २०७६ असार ५ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
