अस्पतालमै सुइ हानेर हत्या भएको आफन्तको आरोप

भक्तपुर न्यूज

४ असार २०७६ ५:१२

अस्पतालमै सुइ हानेर हत्या भएको आफन्तको आरोप

काठमाडौं । समता अस्पतालकी कर्मचारी २७ वर्षीया बिमलाको अस्पतालमै सुइ हानेर हत्या भएको आफन्तको आरोप छ । समता अस्पतालमा कार्यरत् एक कर्मचारीले ‘झुन्डिएर आत्महत्या’ गरेको विषयलाई लिएर मृतकका आफन्त र स्थानीयवासीले प्रदर्शन गर्नुका साथै समता अस्पताल र समता स्कुलमा तोडफोड गरेका छन् ।

काठमाडौंको कुमारीगालस्थित समता अस्पतालमा कार्यरत रामेछापकी २७ वर्षीया बिमला तामाङले आत्महत्या गरेको घटनालाई लिएर सो क्षेत्र मंगलबार दिनभर तनावग्रस्त बनेको थियो ।

अस्पतालमा स्वीपरको रुपमा कार्यरत मृतक विमलाका आफन्त र स्थानीयवासीले अस्पताल हाताभित्र तोडफोड गरेपछि तनाव उत्पन्न भएको हो ।
अस्तालका कर्मचारीहरुकै मिलोमतोमा उनको हत्या गरिएको भन्दै आफन्तजन र टोलवासीले सो क्षेत्रको बाटो अवरुद्ध गरी ढुंगामुढा गरेपछि भीड नियन्त्रण गर्न प्रहरीले कयौं सेल अश्रुग्यास प्रयोग गर्नुका साथै लाठीचार्जसमेत गर्नुपरेको थियो ।

प्रकाशित मितिः २०७६ असार ४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *