आज माइतीघर मण्डलामा खबरदारी सभा हुँदै : गुठी विधेयक

भक्तपुर न्यूज

४ असार २०७६ ३:०४

आज माइतीघर मण्डलामा खबरदारी सभा हुँदै :   गुठी विधेयक

काठमाडौँ ।  सरकारले गुठी विधेयक फिर्ता लिएपनि गुठी विधेयक प्रतिरोध संयुक्त कार्यक्रमले आज खबरदारी सभा गर्दैछ । खबरदारी सभा माइतीघर मण्डलामा बिहान ११ बजे हुने जनाइएको छ ।

कार्यक्रमका संयोजक डा  महेशमान श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबार माइतीघर मण्डलमा हुने भनिएको जनप्रदर्शन खबरदारी सभाकारूपमा रहने जनाएका छन्  ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलनमा गुठी आन्दोलनका विषयमा प्रयोग गरेको भाषा भने मर्यादित नभएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्  ।

विधेयकमा त्रुटी रहेको सरकारले अझै प्रष्ट स्वीकार नगरेको भन्दै खबरदारी आवश्यक रहेको उनले बताएका छन् । चौतर्फी दबावपछि भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले मंगलबार विधेयक फिर्ता लिएको घोषणा गरेकी थिइन् ।

प्रकाशित मितिः २०७६ असार ४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *