उद्धारका लागि हेलिकप्टरसहित सुरक्षाकर्मीकाे टाेली घटनास्थल पुग्याे
सुर्खेत । हुम्लाको तल्लोखार्पुबाट जिल्ला सदरमुकातर्फ जाँदै गरेको लु १ ज ७१६६ नम्बर जीप कर्णाली नदीमा खसेको छ। मंगलबार दिउँसो करिब साढे १२ बजेतिर जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए।
उनका अनुसार उद्धारका लागि दुई हेलीकप्टर घटनास्थलमा पुगेका छन्। स्थानीयका अनुसार जीपमा करिब १५ जना यात्रु रहेको बताएका छन्।
उद्धारका लागि याङचुबाट प्रहरी सहायक निरीक्षक सन्तोस पालको कमाण्डमा ५ जना र जिल्लाबाट प्रहरी सहायक निरीक्षक झकबहादुर रोकायको कमाण्डमा ५ जना र सहायक सेनानी ओम प्रकाश पुनको कमाण्डमा ५ जनाको टोली घटनस्थल पुगेको छ।
प्रकाशित मितिः २०७६ असार ३ मंगलबार।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
