अस्पतालमा युवती शव झुण्डिएको अवस्थामा फेला
काठमाडौं । काठमाडौँको बौद्धस्थित समता अस्पतालमा एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । सोही अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
सोमबार बिहानदेखि सम्पर्क बिहिन रहेकी तामाङ मंगलबार बिहान ९ बजेतिर झुण्डिएको अवस्थामा मृत फेला परेको बौद्ध प्रहरीले जनाएको छ ।
घटना शंकास्पद रहेको भन्दै मृतकका आफन्तहरुले अस्पताल परिसरमा तोडफोड गरेका छन् । तोडफोडबाट अस्पतालका झ्यालका सिसा फुटेका छन् । मृतकका आफन्तले शव उठाउन दिएका छैनन् ।
प्रकाशित मितिः २०७६ असार ३ मङ्गलबार।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
