समता अस्पतालमा युवती झुन्डिएको अवस्थामा फेला
काठमाडाैँ । रु १०० मै उपचारकाे नारा दिएर सञ्चालित समता अस्पतालमा काम गर्दै आएकी एक युवती झुन्डिएको अवस्थामा फेला परेकी छन् ।
बाेद्धस्थित समता अस्पतालकाे अस्पतालको शैचालय नजिकैको स्थानमा झुन्डिएको अवस्थामा ती युवतीकाे शव फेला परेको हाे । महानगरीय प्रहरी परिसर काठमाडौंले दिएकाे जानकारी अनुसार मृतककाे पहिचान खुलेकाे छ । मृतक रामेछापकाे दोरम्बा स्थायी घर भई हाल साेही अस्पतालमा क्लिनरकाे काम गर्दै आएकी २७ वर्षीय बिमला तामाङ रहेकाे खुलेकाे हाे ।
मृतकका आफन्त आएर अस्पताल परिसरमा तोडफोड समेत गरेका छन् । प्रहरीले आक्राेशित भीडलाई नियन्त्रि गर्दै सुरक्षा दिइरहेकाे छ । अस्पतालका प्रशासनले भने मृतक साेही अस्पतालकी कर्मचारी हुन् कि हाेइनन् भन्नेबारे ठाेस जानकारी दिन सकेकाे छैन ।
सलको पासो लाएर तामाङ झुन्डिएको फेला परेपछि घटनाबारे प्रहरीले थप अनुसन्धान थालेकाे छ । झुण्डिएर आत्महत्या गर्नुकाे खास कारण पनि खुल्न सकेकाे छैन ।
प्रकाशित मितिः २०७६ असार ३ मङ्गलबार