भक्तपुरमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक युवा पक्राउ
भक्तपुर । सूर्यविनायक नगरपालिका २ वालकोटबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक युवा पक्राउ परेका छन् ।
राति मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा लोकन्थली बस्ने रौतहट घर भएका १८ वर्षीय दर्शन गौतमलगायत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग वालकोटबाट खटिएको प्रहरीले सोही ठाउँस्थित धर्मराज भुषालको घर कम्पाउण्डभित्र पार्किङ गरी राखेको बा ९७ प १२१५ नम्बरको मोटरसाइकल चोरी गरी लाँदै गरेको अबस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको बताएको छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रकाशित मितिः २०७६ असार २ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
