होटल हायात बन्द

भक्तपुर न्यूज

२ असार २०७६ ११:००

होटल हायात बन्द

काठमाडौं । तारागाउँ रिजेन्सी होटल प्रालि हायात बन्द भएको छ । मजदुर युनियनको हड्तालका कारण जनाउँदै होटल प्रशासनले आइतबारदेखि बन्द गरेको हो ।

नेपाल स्टक एक्सचेन्जलाई पत्र मार्फत होटलसँग आवद्ध अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुँरा मजदुर संघको हड्तालका कारण होटल बन्द गर्न बाध्य रहेको जनाएको हो ।

पत्रमा भनिएको छ, ‘होटलसँग आवद्ध संघले विभिन्न मागहरु राखेर ती मागहरुलाई पुरा गउाने उद्देश्य अनुरुप व्यवस्थापनलाई गलत प्रभाव र दवाव दिन प्रतिष्ठानमा कार्यरत १ देखि ४ तह सम्मका श्रमिक कामदार कर्मचारीलाई जबरजस्ती साथमा लिएर जेठ ३० गतेदेखि गैह्र कानुनी हड्ताल र नाराजुलुसको कारण होटलको सम्पूर्ण सेवा र व्यवस्थापनको प्रशासनिक काम कारबाहीहरु अवरुद्ध भई होटलमा रहेका पाहुनाहरुलाई आवश्यक सेवा सुविधा पुर्याउन नसक्ने स्थिथि भएकोले होटलको रिजर्भेसन समेत बन्द गर्न व्यवस्थापन वाध्य भएको जानकारी गराउँदछौं ।

प्रकाशित मितिः २०७६ असार २ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय