पूर्व राजा ज्ञानेन्द्र शाह स्वदेश फर्किए
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन् । पूर्व महारानी कोलमराज्यलक्ष्मी शाहसहित पूर्व राज शाह जेठको पहिलो हप्ता थाइल्याण्ड गएका थिए ।
उनीहरु फुकेटमा अध्ययनरत नातिनी पूर्णिकाको ग्र्याजुएन तथा उच्च शिक्षाको निरन्तरताको अवसरमा अभिभावकीय उपस्थितिका लागि गएका थिए । करिव एक महिनाको बसाईपछि पूर्व राज दम्पती आज नेपाल फर्किएका हुन् ।
उनीहरुलाई स्वागत गर्न समर्थकहरु त्रिभूवन विमानस्थल पुगेका थिए । उनीहरुले ‘राजा आउ, देश बचाउ’ सहितका नारा लगाएका छन् । थाइल्याण्डमा रहँदा पूर्व राजा ज्ञानेन्द्रले सरकारले ल्याएको गुठी विधेयक बारे गम्भीर चासो व्यक्त गरेका थिए ।
प्रकाशित मितिः २०७६ असार २ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३