बसको ढोकाबाट हाम फाल्दा मृत्यु
काठमाडौँ । भरतपुरको चितवनमा बसको ढोकाबाट हाम फाल्दा एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्य रहेकी छन् । आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख६९९१ नम्बरको बसमा सवार उनले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी थिइन् ।
उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असार २ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
