सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा अस्पतालमा प्रदर्शन

भक्तपुर न्यूज

३२ जेठ २०७६ ६:२८

सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा अस्पतालमा प्रदर्शन

डडेल्धुरा । डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गरेका छन्।

जिल्लाको अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा शुक्रबार मृत्यु भए पछि मृतकका आफन्तले प्रदर्शन गरेका हुन्।

शल्यक्रिया गरेर १४ दिन अगाडि शिशु जन्माएकी मृतक गीता ९ दिन अस्पतालमा वेडभर्ना भएकी थिइन्।

लगातार ‘ब्लिडिङ’ भएपछि शुक्रबार डडेल्धुरा अस्पताल पुगेकी उनलाई अस्पतालले आठ पाउण्ड रगत दिए पनि बचाउन नसकेको एक स्वाथ्यकर्मीले जानकारी दिए। शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

चिकित्सकले लापरबाही गर्दा सुत्केरीले मृत्यु भएको पीडित पक्षको आरोप छ। उनीहरुले पीडित पक्षलाई उचित क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही र शिशुको जीवनरक्षा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन्।

प्रकाशित मितिः २०७६ जेठ ३२ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *