आइतबार काठमाडौं जिल्लाका सबै निजी विद्यालय बन्द
काठमाडौँ । आइतबार काठमाडौं जिल्लाका सबै निजी विद्यालय बन्द हुने भएका छन् ।
निजी विद्यालयहरुको छाता संगठन एन प्याब्सन काठमाडौंका सहसचिव, एनप्याव्सन गोकेर्णेश्वर नगर कमिटीका अध्यक्ष एवम् बौद्ध पिपलबोटमा अवस्थित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालुकुमार गुरुङको असामयिक निधनका कारण काठमाडौंका सम्पूर्ण निजी विद्यालय बन्द हुने भएका हुन् ।
प्याब्सन काठमाडौं र एन प्याब्सन काठमाडौंले संयुक्त रुपमा विज्ञप्ति जारी गरी आइतबार काठमाडौं भरका सम्पूर्ण निजी विद्यालय बन्द हुने जनाएका हुन् । उनीहरुले संयुक्त निर्णय कार्यान्वयन गर्न सबै विद्यालयहरुलाई अपिल समेत गरेका छन् ।
प्रकाशित मितिः २०७६ जेठ ३२ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६