ब्राउन सुगर सहित ४ जना पक्राउ
काठमाडौँ । ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । उनीहरुलाई नेपालगञ्जबाट काठमाडौँ आउदैँ गरेको बसलाई चेकजाँच गर्नेक्रममा काठमाडौँको कलंकी प्रहरीले प्रकाउ गरेको हो ।
बिहीबार साँझ नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख २९४१ नम्बरको बसलाई चेकजाँच गर्दा उनीहरुसँग ३२।६५ ग्राम ब्राउन सुगर फेला परेको हो । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका-६ का रबिन थापा र सोही उपमहानगरपालिका वडा न. १३ का बिबेक बस्नेत रहेका छन् ।
सोही घटनामा संलग्न बानेश्वर बस्ने नेपालगंजकै शशांक मल्ल र बिसाल रंजितलाई काठमाडौँको कलंकीबाट प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मितिः २०७६ जेठ ३१ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
