ब्राउन सुगर सहित ४ जना पक्राउ

भक्तपुर न्यूज

३१ जेठ २०७६ ७:५७

ब्राउन सुगर सहित ४ जना पक्राउ

काठमाडौँ । ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । उनीहरुलाई नेपालगञ्जबाट काठमाडौँ आउदैँ गरेको बसलाई चेकजाँच गर्नेक्रममा काठमाडौँको कलंकी प्रहरीले प्रकाउ गरेको हो ।

बिहीबार साँझ नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख २९४१ नम्बरको बसलाई चेकजाँच गर्दा उनीहरुसँग ३२।६५ ग्राम ब्राउन सुगर फेला परेको हो । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका-६ का रबिन थापा र सोही उपमहानगरपालिका वडा न. १३ का बिबेक बस्नेत रहेका छन् ।

सोही घटनामा संलग्न बानेश्वर बस्ने नेपालगंजकै शशांक मल्ल र बिसाल रंजितलाई काठमाडौँको कलंकीबाट प्रहरीले पक्राउ गरेको छ ।

 प्रकाशित मितिः २०७६ जेठ ३१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *