शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

भक्तपुर न्यूज

३१ जेठ २०७६ ६:२७

शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठक आइतबार ११ बजेसम्मका लागि स्थगित भएको छ । पूर्वमन्त्री डिआर पौडलको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो ।

पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित निवासमा हृदयघातका कारण निधन भएको थियो । उनी २०७३ सालमा तत्कालीन माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका शिक्षामन्त्री थिए ।

प्रकाशित मितिः २०७६ जेठ ३१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय