मेघ गर्जन तथा हावाहुरीसहित वर्षा

भक्तपुर न्यूज

३१ जेठ २०७६ ५:२६

मेघ गर्जन तथा हावाहुरीसहित वर्षा

काठमाडौँ । देशका अधिकांश स्थानमा शुक्रबार पनि मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ भने पूर्वी भूभागमा सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने मौसमविदले बताएका छन् ।

पूर्वी भूभागका केही स्थानहरुमा र मध्य र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

काशित मितिः २०७६ जेठ ३१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *