रामेछापमा बस दुर्घटना दुईको मृत्यु
काठमाडौं । काठमाडौंबाट रामेछापका लागि छुटेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा अन्य १३ जना घाइते छन् ।
बा २ ख ७२४२ नम्बरको बस बिहीबार राति रामेछापको दोरम्बा–६, भष्मेडाँडामा दुर्घटनामा परेको हो । दुर्घटनामा दोरम्बा–६ का हरिबहादुर कार्की र उद्धव गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि उपचारको लागि काभ्रेको धुलिखेल लैजाने क्रममा उनीहरुको बीच बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा घाइते भएका १३ जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । बस सडकबाट करिब ५ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन ।
काशित मितिः २०७६ जेठ ३१ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००