बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव

भक्तपुर न्यूज

३० जेठ २०७६ ७:४३

बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव

काठमाडौं। चावहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु भएपछि तनाव भएको छ । अस्पतालमा मृतकका आफन्तले नाराबाजी गरिरहेका छन् । पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको मृतकका बहिनी ज्वाइँ खड्गबहादुर श्रेष्ठले जानकारी दिए । श्रेष्ठले अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेको आरोप लगाएका छन् ।

श्रेष्ठले दिएको जानकारीअनुसार पित्तथैलीको पत्थरीको अप्रेसन गर्न बिहीबार अस्पताल गएका उनीहरू शुक्रबार भर्ना भएर अप्रेसन भएको थियो । अप्रेसन गर्दा सानो आन्द्रामा प्वाल पारेर सिलाइदिएको हुनाले मलद्वारबाट निस्कनुपर्ने फोहोर शरीरभित्रै फैलिएर संक्रमण भई बिरामीको मृत्यु भएको उनको आरोप छ ।

तर, ओम अस्पतालका निर्देशक डा केपी देवकोटाले भने बिरामीको उपचारमा कुनै लापरबाही नभएको र संक्रमणका कारण बिरामीको मृत्यु भएको बताएका छन् ।

प्रकाशित मितिः २०७६ जेठ ३० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *