धनुषाधाम नगरपालिका कार्यालयमा बम विस्फोट
काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिका कार्यालयमा बम विस्फोट भएको छ।
बुधवार राति करिब साढे ९ बजे प्रेसर कुकर बम विस्फोट भएको हो। विस्फोटबाट नगरपालिका कार्यालय परिसरको पर्खाल भत्किएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए। विस्फोटबाट सामान्य क्षति भएको छ। विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनै समुहले लिएका छैनन्।
विस्फोटबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले बताए।
प्रकाशित मितिः २०७६ जेठ ३० बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
