प्रहरीलाई ५ सय दिने चौधरी पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका—३२ कोटेश्वर बालकुमारीमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक पक्राउ परेका छन् । उदयपुर गाईघाट घर भई काठमाडौं कोटेश्वर बस्ने ३९ वर्षीय आसाराम चौधरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले अव्यबस्थित पार्किङ हटाउने क्रममा स १ ज ४७३ नम्बरको सुमो गाडीको कागजपत्र माग गर्दा गाडीका चालक चौधरीले ५ सय रुपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।
चौधरीलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखी थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मितिः २०७६ जेठ ३० बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
