खुकुरी प्रहार गरेको आरोपमा श्रीमान पक्राउ
ताप्लेजुङ । श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । मैवाखोला गाउँपालिका—५ खानी गौंडा बस्ने ४५ वर्षीय फुर्वा दोर्जी शेर्पा आफ्नै ४५ वर्षीया श्रीमती जामु शेर्पालाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको बताइएको छ ।
धारिलो हतियार खुकुरी प्रहार गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी साँघुबाट खटिएको प्रहरीले फुर्वालाई खुकुरी सहित पक्राउ गरेको हो । घाइते जामुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रकाशित मितिः २०७६ जेठ २९ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
