लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलायो
पोखरा । पोखरामा लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर घाइते भएका गोविन्द थापालाई अस्पताल लगिएको छ ।
उनको खुट्टामा गोली लागेको छ । प्रहरीले पक्राउ गर्न खोज्दा उल्टै आक्रमण गर्न खोजेपछि बल प्रयोग गर्नुपरेको कास्कीका प्रहरीले जनाएको छ ।
उनले पक्राउ परेका थापाको आक्रमणबाट एक जना प्रहरी पनि सामान्य घाइते भएको जनाएको छ । पक्राउ परेका थापा यसअघि लागु औषध ओसार पसार गरेको आरोपमा दुबईमा पनि पक्राउ परेका एसपी कार्कीले बताए । उनको साथबाट कम्तिमा १५ सय सेट लागु औषध बरामद भएको छ ।
प्रकाशित मितिः २०७६ जेठ २९ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
