गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन आग्रह
चितवन । बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन् ।
यही जेठ १५ गते रङ्गशालाको पश्चिमतर्फ लगाइएको बार केही स्थानीयवासीले भत्काएकाले काम अवरुद्ध भएको थियो । बार भत्काउनेलाई प्रहरीले नियन्त्रणमा लिई तारेखमा छोडिसकेको छ । उनीहरूले सार्वजनिक रूपमा क्षमायाचना गर्दै भत्काइएको बार आफैं निर्माण गर्ने जनाएका छन् । स्थानीयवासीले सडक फराकिलो बनाउन पनि माग गर्दै आएका छन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रङ्गशालाको विस्तृत आयोजना प्रतिवेदन तयार भएपछि बाटोको टुङ्गो लगाउने आश्वासन दिइसकेकी छन् । बाटो फराकिलो बनाउँदा रङ्गशालातर्फको भागबाट केही बढी छाड्नुपर्ने स्थानीयवासीको माग छ ।
प्रकाशित मितिः २०७६ जेठ २८ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
