थलीमा स्थानीयवासीले टायर बालेर आन्दोलन गरेपछि कालोपत्रे गर्न सुरु

भक्तपुर न्यूज

२८ जेठ २०७६ ७:४५

थलीमा स्थानीयवासीले टायर बालेर आन्दोलन गरेपछि कालोपत्रे गर्न सुरु

काठमाडौं । सडक निर्माणमा ढिलासुस्ती र लापरबाही गरिएको भन्दै काठमाडौंको थलीमा स्थानीयवासीले प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण यो क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ ।

जोरपाटी – साँखु सडक खण्डको थली चोकमा स्थानीयले टायर बालेर आन्दोलन गरेका छन् । सडक ग्राभेल गर्ने क्रममा ठेकेदारले हिलो माटो सडकमा झारेको स्थानीयवासीको भनाई छ ।

तत्काललाई सडक ग्राभेल गर्न र एक हप्ताभित्रमा सडक पिच गर्नुपर्ने माग आन्दोलनकारीले अघि सारेका छन् । घाम लाग्दा सडकमा धुलो र पानी पर्दा हिलोको समस्या लामो समयदेखि यस क्षेत्रका स्थानीयले झेल्दै आएका छन् ।

केही समय अघि मात्र बौद्ध जोरपाटीका स्थानीयवासीले सडक अवरुद्ध गर्दै प्रर्दशन गरेपछि सडकलाई कालोपत्रे गर्न सुरु गरिएको थियो ।

प्रकाशित मितिः २०७६ जेठ २८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय