भ्यानले ठक्कर दिँदा बालकको मृत्यु
मोरङ । मोरङको धनपालथान गाउँपालिका–४ गदिया खोलाछेउमा आज बिहान पैदल हिडिरहेका तीन जनालाई भ्यानले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय मोहमद जुवेरका १२ वर्षीय छोरा मोहमद जवार रहेको प्रहरीले जनाएको छ । आज बिहान ६ बजे मे १ च ४६०९ भ्यानले पैदल हिडिरहेका जवारलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
घाइते भएका सोही ठाँउका १८ वर्षीय मोहमद कैफ र उनकै भान्जा अफसार अन्सारीको सोही अस्पतालमै उपचार भइरहेको छ । भ्यान र चालकलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिइसकेको छ ।
प्रकाशित मितिः २०७६ जेठ २८ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
